जन आकाश
काठमाडौं । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधान अनुसार अगाडि बढ्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेका छन् । तर, प्रधानमन्त्रीले विश्वासको मत लिन्छु भन्दा नैतिकताको विषय उठाइएको भन्दै उनले त्यसको विरोध गरे ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले सोधे, ‘संविधानलाई पालना गर्नु, संविधान अनुसार विश्वासको मत माग्नु नैतिकता भन्दा बाहिरको विषय हो । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।
तर, एमालेका सांसदहरुले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरिरहेका छन् ।माओवादी नेता पाण्डेले दुई ठूला दल कांग्रेस र एमालेले मध्यरातमा के सहमति गरे त्यो नेपाली जनताले थाहा पाउन नसकेको बताए । ‘संसदमा नैतिकताको कुरा उठिरहेको छ । मध्यरातमा दुई ठूला दलका बीच के सहमति भएको हो र त्यो नेपाली जनताले जानकारी पाउनुपर्ने विषय नैतिकताभित्र पर्दैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend