logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रुपन्देहीमा बस दुर्घटना


  • जन आकाश
  • मंगलबार, असार २६ २०८१

बुटवल । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।



प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ ।

अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend