logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

 पृथ्वी राजमार्ग अवरुद्ध


  • जन आकाश
  • बिहिबार, असार २८ २०८१

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिए ।



पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन हुन केही समय लाग्ने उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् ।

सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend