जन आकाश
काठमाडौँ । आज (बिहीबार) का लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएकोमा ४ दलले असन्तुष्टि जनाएका छन् । बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
बैठक स्थगित भएपछि नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेस प्रमुख सचेतक कृष्ण बहादुर रोकाय, जनता समाजवादी पार्टी संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता शेखर कुमार सिंहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमति हुँदाहुँदै बैठक स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल सम्बन्धी विधेयक २०८१ लाई पारित गर्नु पर्नेमा राष्ट्रिय सभाका अध्यक्षले आफूहरूको असहमति हुँदा पनि बैठक स्थगित गरेको उनीहरुले आरोप लगाएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend