logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बच्चामा हुने कुपोषण सून्य वनाउछौं : उपप्रमुख तिवारी


  • जन आकाश
  • आइतबार, असार ३१ २०८१

काठमाडौं । वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विहिवार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वोकेर उनीहरुलाई भेट्न पुगिन् । काखमा बच्चा वोकेका आमा तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा भेला भएका थिए । उक्त भेला वालिङ नगरपालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत उपमेयर संग पोषिलो झोला कार्यक्रमको रहेको थियो ।



एक क्यारेट अण्डा सहितको झोलामा लेखिएको थियो “आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ ।“ झोला भित्र आमा र बच्चाका लागी २ प्याकेट सर्वोत्तम पिठो, १ किलो नुन, सरसफाईका लागि दन्तमञ्जन, दाँत माँझने ब्रस, नङकट र साबुन थियो । कार्यक्रमको वारेमा जानकारी दिन वालिङ नगरपालिका स्वास्थ्य शाखावाट पोषण अधिकृत रुपा पाठकले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन पोषिलो खानेकुरा आवश्यक छ भन्ने सन्देश सहित नगरपालिकाले पोषिलो झोला कार्यक्रम लिएर सबै वडामा पुग्ने त्यसैको सुरुवात ५ नंवर वडावाट सुरु गरिएको जानकारी दिईन् ।

सुनौलो हजार दिनका आमाहरुका लागि आमा तथा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने हेतुले नगरपालिका भित्रका एक हजार जना सुनौलो हजार दिनका आमाहरुलाई यो झोला वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रमको सुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने, आमा र बच्चाको स्वास्थ्यमा खासै ध्यान नदिने चलन यथावत छ । उनीहरूलाई कोसेली कार्यक्रम मार्फत यसबारेमा सचेत समेत गराउन यो अभियान थालिएको बताइन् । ‘नगरपालिकाले यो वर्षदेखि कोसेली कार्यक्रम उपमेयर संग पोषिलो झोला कार्यक्रम लागू गरेका हौं । सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन तथा आफ्नो र बच्चाको स्वास्थ्यमा ख्याल गर्न प्रेरित गरेका छौं ।’

नगरपालिकाले सन्चालन गरेको यो अभियानले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाइ छ । पोषणको अवस्थामा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको विश्वास छ । आगामी वर्ष समेत कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।
स्वस्थ नागरिकको जन्म दिनका लागि गर्भअवस्थादेखि नै आमाले उचित पोषिलो आहार, व्यवहार र आचरणमा ध्यान दिनुपर्ने वताउदै यो कार्यक्रमले स्वस्थ नागरिक निर्माण गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याई कुपोषण सून्य वनाउने लक्ष्य अनुसार नेपाल सरकारको पोषण सुधार कार्यक्रम अन्तर्गत वालिङ नगरपालिकाले सवै वडाहरुमा पोषण सहजकर्ताहरु मार्फत पोषिलो खानेकुरा सम्वन्धी जनचेतना, वच्चाहरुलाई समयमा खोप लगाउने, तौल लिने तथा गर्भावस्थाका आमाहरुलाई गर्भ जाँच जस्ता कार्यक्रमहरु निरन्तर गरिराखेको जनस्वास्थ्य अधिकृत इन्द्र भट्टराईले जानकारी दिए ।

कार्यपालिका सदस्य जुनु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जगतभञ्याङ स्वास्थ्य चौकी इन्चार्ज सोविता सापकोटा र जनस्वास्थ्य अधिकृत कृष्ण अर्यालले गरेका थिए । पोषिलो झोला कार्यक्रम अन्तर्गत नगरपालिकाका १४ वटै वडामा १ हजार जना गर्भवती तथा १ हजार दिनका सुत्केरी आमालाई वितरण गर्ने कार्यक्रम रहेको वालिङ नगरपालिकाले जानकारी दिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend