जन आकाश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएकाछन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भई ३१ गते पद तथा गापनीयताको शपथ लिई कार्यभार समालेका ओलीले साउन ६ गते नै बिश्वासको मत लिन लागेका हुन् ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने तय भएको जानकारी दिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले ढिला नगरी विश्वासको मत लिएर सरकारको कामलाई तीब्रता दिने निर्णय लिएका हुन् ।
केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग आज छलफल गरेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तय लिएका हुन् । प्रधानमन्त्री ओलीको यो निर्णयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले साउन ६ गते बिश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन संसद सचिवालयमा पत्र पठाएको छ ।
सत्तापक्षका मुख्य सचेतक बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend