logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नवनियुक्त परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूको भेट


  • जन आकाश
  • बुधबार, साउन २ २०८१

काठमाडौं। चिनियाँ राजदूत छन सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजू राणा देउवासँग भेट गरेका छन् । बुधबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणालाई बधाईसहित राजदूत सोङले भेट गरेका हुन् ।



भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय तथा सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राजदूत छनले भने उक्त भेटमा अर्को वर्ष चीन र नेपाल बीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरलाई मनाउने विषयमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend