logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संघीय संसद् भवन निर्माण कार्य सन्तोषजनक छैन् : सभामुख घिमिरे


  • जन आकाश
  • शुक्रबार, साउन ४ २०८१

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन् ।



सभामुख घिमिरेले सो भवनको निर्माण कार्य आगामी मङ्सिर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाए । उनले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराए ।

सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याइँ नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गरे । त्यसका लागि कुनै समस्या भए सहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरूले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाई थियो ।

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend