logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कांग्रेस संसदीय दलको बैठक आह्वान


  • जन आकाश
  • शनिबार, साउन ५ २०८१

काठमाडौँ । नेपाली कांग्रेसले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएसँगै प्रतिनिधिसभा बैठकअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।



बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टीले ह्वीप लगाउने छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने संसदीय दलको कार्यालयले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।

गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै असार ३० मा केपी ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend