logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रहरी चौकीमा यसरी पस्यो खहरे खोला


  • जन आकाश
  • आइतबार, साउन १३ २०८१

काठमाडौं । बागमती गाउँपालिका–६ स्थित आसराङ प्रहरी चौकीमा खहरे खोला पसेको छ । शनिबार राति पानि परेपछि आएको खहरे खोला चौकीमा पसेको हो ।



पहिरोले ह्युम पाइप पुरिएपछि लिकुनी खहरे खोला चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । चौकीभित्रै खहेर पस्दा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

चौकीमा बाढी पसेपछि राति १२ बजेबाटै लत्ताकपडा, र बन्दोबस्तीका सामानहरु सारिएको थियो । अहिले खहरे रोकिए पनि चौकीभित्र लेदा भरिएकाले बस्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend