logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पोखरामा स्कुल बस दुर्घटना


  • जन आकाश
  • सोमबार, साउन १४ २०८१

पोखरा । पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा घाइते भएकी बसकी सह-चालकको मृत्यु भएको छ । उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



मृत्यु हुनेमा ३३ वर्षकी आरती विक छिन् । दुर्घटनामा २९ विद्यार्थी सहित ३० जना घाइते छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । जीएमसीमा १५ जना, प्रतिष्ठानमा १२ र मणिपालमा ३ जना उपचार गराइरहेका छन् ।

सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर छ भने धेरैको अवस्था सामान्य रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend