logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको योजना


  • जन आकाश
  • बुधबार, साउन १६ २०८१

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “लक्ष्मी उन्नती कोष” र “लक्ष्मी भ्यालु फण्ड २” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१/०४/१४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि “लक्ष्मी उन्नती कोष” का इकाईधनी हरुलाई कर सहित ७.५% प्रतिफल र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सो को जानकारी अवगत गराउदछौं ।



साथै “शुभ लक्ष्मी कोष” नामक खुलामुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको मिति २०८१/०४/१४ गते बसेको संचालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको हुँदा सो को जानकारी अवगत गराउदछौं ।

“शुभ लक्ष्मी कोष” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना  (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सक्नु भएका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT ACCOUNT ) मा यथासिघ्र इकाईहरु पठाईने व्यहोरा समेत अवगत गराउँदछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend