logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कपिलवस्तुको कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविर


  • जन आकाश
  • शनिबार, साउन १९ २०८१

काठमाडौं । कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले Universal College of Medical Sciences, भैरहवाको समन्वयमा श्रावण १९ गते शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।



कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । विहान ९ः३० बजे देखि सुरु भएको उक्त स्वास्थ्य सिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिव ४५० जना विरामीहरुले आफ्नो स्वास्थ्य जाँच गराएको छन् ।

१ दिन संचालन हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, (Ultrasound) परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगाएतको रोगहरुको निःशुल्क जाँच, परिक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेकोट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।

यस शिविरमा उपस्थित भई नाम लेखाउनु भएका तथा विभिन्न रोगहरुको जाँच गराउनु भएका विरामीहरुले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा (Universal College of Medical Sciences) भैरहवाले विशेष छुट तथा सहुलियत दरमा विरामी उपचार समेत गर्ने ट्रष्टका अध्यक्ष गोयलले बताए ।

यस अघि समेत निःशुल्क स्वास्थ्य सिविर, राहात वितरण, शैक्षिक सामाग्री वितरण, बृक्षारोपण लगाएत विभिन्न सामाजिक कार्यहरु गर्दै आई रहेको स्व. बक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend