logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल ओमान जाँदै


  • जन आकाश
  • आइतबार, साउन २० २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल ओमान जाने भएकी छिन् ।



सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार ओमानको राजधानी मस्कट जान लागेको मन्त्रालयले जनाएको छ । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबिचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् । उनी यही साउन २५ गते स्वदेश फर्किनेछिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend