logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सहकारी छानबिन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने


  • जन आकाश
  • सोमबार, साउन २१ २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो ।



समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरूलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउन गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए । उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरूसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend