logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बागलुङ पहिरोमा घाइते भएका तीन जनालाई आर्मीको हेलिकोप्टर मार्फत काठमाडौं


  • जन आकाश
  • बुधबार, साउन २३ २०८१

बागलुङ । बागलुङको बढिगाड गाउँपालिकामा गएको पहिरोमा घाइते भएका तीन जनालाई आर्मीको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको छ । बढिगाड गाउँपालिका १० बस्ने १९ वर्षीय रिमा पुन, ३१ वर्षकी सिता थापा र ४६ वर्षकी सङ्गीता बुढालाई काठमाडौँ ल्याइएको हो ।



निरन्तरको वर्षा, ठाउँ ठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्याउन नसकेपछि आज बिहान सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

पहिरोमा परी आठ जनाको ज्यान गएको छ, भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend