logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सेयर बजारमा हिमालयन रि र नेपाल लाइफको शक्ति बढ्यो


  • जन आकाश
  • शुक्रबार, भाद्र ७ २०८१

काठमाडौं । सेयर बजारमा हिमालयन रि र नेपाल लाइफ इन्स्योरेन्सको शक्ति बढेको छ ।



ठूलो पुँजीकरणका आधारमा यी दुई कम्पनी असारको तुलनामा साउनमा माथि उक्लिएका छन् । असार मसान्तसम्म आठौं स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्स साउन मसान्तसम्म भने पाँचौं स्थानमा आएको छ । त्यस्तै टप १० बाहिर रहेको नेपाल लाइफ इन्स्योरेन्स नवौं स्थानमा आएको छ ।

दोस्रो बजारमा मूल्य उच्च दरमा घटबढ हुँदा पुँजीकरण पनि तलमाथि पर्न जान्छ । ठूलो पुँजीकरण भएका कम्पनीले बजारको परिसूचक नेप्सेलाई नै बढी प्रभाव पार्ने क्षमता राख्छन् । नेप्सेको तथ्यांक अनुसार साउन मसान्तसम्म पुँजीकरणका आधारमा नेपाल टेलिकमले पहिलो स्थान कायमै राखेको छ ।

साउन मसान्तमा टेलिकमको पुँजीकरण बढेर २ खर्ब पुगेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकको १ खर्ब ७८ अर्ब, तेस्रोमा रहेको नागरिक लगानी कोषको १ खर्ब ५१ अर्ब र चौथोमा रहेको नेपाल रिइन्स्योरेन्सको १ खर्ब २४ अर्ब रुपैयाँ बराबर छ ।

हिमालयन रिको १ खर्ब २ अर्ब ४४ करोड, ग्लोबल आईएमई बैंकको १ खर्ब २ अर्ब २४ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९३ अर्ब १७ करोड, एभरेस्ट बैंकको ८३ अर्ब ९७ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ८२ अर्ब ९० करोड र एनआईसी एसिया बैंकको ८१ अर्ब ३१ करोड रुपैयाँ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend