logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सडक दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गरौँ : वामदेव गौतम


  • जन आकाश
  • बिहिबार, भाद्र १३ २०८१

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।



गौतमले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताए । उनले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको बताए ।
उनले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए । उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए ।

गौतमले प्रकृतिप्रदत्त संरचनाहरुको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरूलाई नेपालमा केही समयका बोलाउन आग्रह गरे । नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिक धेरै मरिरहेका छन् ।

नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन् । कुनैपनि समस्या चाहे भौगर्भिक होस्, चाहे मानवीय होस् त्यसको कार्यकारण सम्बन्ध हुन्छ । बिना कारण कुनै घटना हुँदैनन् । कारण पत्ता लगाउन घटनाको सबै कोणबाट विश्लेषण गर्न सक्नुपर्छ ।’

गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई निर्माण गरी चलाउनुपर्ने बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend