logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक बस्दै


  • जन आकाश
  • शुक्रबार, भाद्र १४ २०८१

काठमाडौं । स्थगित भएको दुई महिनापछि कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । ८ असारमा बजेट पास भएपछि स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्ने छ ।



यो दुई महिनाको अवधिमा प्रदेशको सत्तासमीकरण परिवर्तन भइसकेको छ । ८ असारको बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत्तापक्षमा बस्नेछ भने सत्तापक्षमा रहेको मा ओवादी केन्द्र प्रतिपक्षमा बस्नेछ ।

सरकारमा सहभागी हुने निर्णय गरे पनि कांग्रेसले मन्त्रीको नाम भन‍े पठाउन सकेको छैन । पूर्व सह-मति अनुसार सत्तापक्षमा बस्ने र मन्त्रीको नाम केन्द्रीय समितिको बैठकपछि मात्रै पठाउने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा छन् ।

दलहरुको प्राथमिकतामा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक छ । यो ऐन संशोधनका लागि कर्मचारीले दलहरुलाई दबाब दिइरहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend