logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कृषि विकास बैंक ग्रहकको मन जित्न सफल


  • जन आकाश
  • आइतबार, भाद्र १६ २०८१

मोहन कार्की ।
काठमाडाै । नेपालमा कृषिको क्षेत्रमा काम गर्न स्थापना भएको गौरवपूर्ण ईतिहाँस बोकेको कृषि विकास बैंकले आधुनिक समयसँगै हाल बैंकिङ क्षेत्रका ग्रहकहरुको मन जित्न सफल भएको छ । त्यो भन्ने आधार पछिल्लो २०८१ साल भदौ ११ गतेवाट १६ गतेसम्म चलेको १६औं नाडा अटो शोमा भृकुटीमण्डपस्थित स्टल राखेर अटोको क्षेत्रमा सवैभन्दा कममा अर्थात ७ प्वाइन्ट उन्नान्सय प्रतिशतमा अटो लोन प्रवाह गर्ने सुविधा सार्वजनिक गरेर ग्रहकहरुलाई दिएको सुविधालाई लीन सकिन्छ ।



उक्त सवैभन्दा सस्तो बैकिङ सुविधा अटो शोमा रहेको स्टलमा अरु बैंकहरुको थिएन त्यसैले त्यहा अटो लोन लिनको लागि सजिलै ग्रहकहरुले सुविधा प्राप्त गरेका छन् । निवेदन दिएको केही समयमा नै अटो लोन पास गरेर नयाँ आफ्नो गाडीमा जान सक्ने सुविधा प्रदान गरेको छ ।

बैकले प्याकेज नै सार्वजनिक गरेर ‘हजुर गाडी किन्ने सोचमा ? ADBL हजुरको साथमा’ ADBL बाट कर्जा लिनुहोस् रोजी रोजी गाडी किन्नुहोस् । जस्ता योजनाले नयाँ गाडी किन्ने ग्रहकहलाई सुविधा प्रदान गर्न सफल भएको छ ।

त्यस कृषि विकास बैंकले दिएको जानकारी अनुसार हालैसालै भएको १६ औ नाडा अटो शोमा ‘स्थापना कालमा कृषकहरुको लागि लक्षित बैक भएपनि आधुनिक समयमा आएर हाल बैंकले व्यवसायीक सवै खालका लागनीकर्ताहरुको विश्वसनीय बैंकको रुपमा कृषि विकास बैंकले काम गर्दै आएको छ । त्यसको प्रमाण यस १६ औ नाडा अटो शोमा कृषि विकास बैकप्रति धेरै भन्दा धेरै ग्रहकहरु जोडिएका छन् ।’ बैंकका प्रतिनिधिको भनाई जस्तै कृषि विकास बैकको पछिल्लो प्रगति मिलेको छ ।

कृषि विकास बैंकले पछिल्लो समय हरेक क्षेत्रमा लगानी र सेवा बढाएको छ । यस कृषि बैकको देशभर २८३ वटा शाखा र १२९ वटा एटिएम सेवाहरु रहेका छन् । ति स्थानहरुवाट बैकिङ सेवाहरु सजिलै लिन सकिन्छ । आधुनिक तरिकाको इन्टरनेट बैकिङको सुविधा समेत कृषि विकास बैंकले अवलम्बन गरेको छ । नेपालीहरुको कृषि विकास बैंक भरोसाको बैंक भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend