logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

महालक्ष्मी विकास बैंकद्धारा समझदारी पत्रमा हस्ताक्षर


  • जन आकाश
  • मंगलबार, भाद्र १८ २०८१

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेस सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।



यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्नेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्।

साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औवार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend