जन आकाश
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन र पदाधिकारी नियुक्ति गर्दा पीडितको भावनालाई समेट्न माग गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सङ्घले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्दा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता दिन सक्ने व्यक्तिलाई महत्त्व दिन आग्रह गरेको हो ।
सोसम्बन्धी विधेयक संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रतिपीडित र सात लाख ५० हजारमध्ये रु एक लाख ५० हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम निकासाका लागि पनि स्मरण गराइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend