logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति छैन : प्रधानमन्त्री ओली


  • जन आकाश
  • शनिबार, भाद्र २२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।



कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए । ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, ‘ अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने ।

अहिले निजामती कर्मचारीले मन दह्रो बनाएर बस्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘कठिनाइहरुको सामना गरेर देशलाई अगाडि बढाऔं, अर्थतन्त्र अगाडि बढ्यो भने हाम्रो सुविधा पनि बढ्छ’, उनले भने ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend