logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

धुलिखेल-खावा सडक अनुगमनमा पुगेको संसदीय टोलीमाथि स्थानीयको आक्रोश


  • जन आकाश
  • आइतबार, भाद्र २३ २०८१

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड अवलोकन गर्न पुगेको पूर्वाधार विकास समितिको टोलीमाथि स्थानीयले आक्रोश पोखेका छन् ।



आइतबार धुलिखेल-खावा सडकखण्डको अवस्थाबारे जानकारी लिन प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको टोली पुगेको थियो ।  अवलोकनपछि अनुगमन टोलीले स्थानीयसँग अन्तरक्रिया गरेको थियो । सो क्रममा स्थानीयहरूले सांसदहरूमाथि आक्रोश पोखेका हुन्। आक्रोशित युवालाई सांसदहरूले विस्तारै बोल्नुस् भनेका थिए ।

आक्रोशित युवालाई आफ्ना कुरा सुन्न आग्रह गर्दै सांसद ठाकुर गैरले भने, ‘तपाईंहरूले एकछिन् कराउँदैमा बाटो कालोपत्रे हुन्छ ,’ निमार्ण व्यवसायीले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक विस्तारको काम समयमै नसक्दा सडक जीर्ण अवस्थामा छ । जसका कारण जोखिम मोलेर स्थानीयहरू आउजाउ गर्न बाध्य छन् ।

समयमै सडक निर्माणको काम नसक्दा संघीय राजधानी काठमाडौंबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक लगायत जिल्ला जाने यात्रुहरूले सास्ती बेहोर्नुपरेको स्थानीयको भनाइ छ। अनुगमन टोलीमा सहभागी अर्का सांसद माधव सापकोटाले गौरी पार्वती निमार्ण कम्पनीले काम नगरेको भन्दै जुनसुकै बहस गरेपनि अर्थ नहुने बताए ।

संसदीय समितिले काम गर्न नसक्ने निमार्ण कम्पनीसँगको ठेक्का तत्काल तोडेर अर्को निमार्ण कम्पनी छनोट गर्न निर्देशन दिएपनि किन कार्यन्वयन नभएको भन्दै सांसद सापकोटाले सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिलाई प्रश्न गरेका थिए ।

उनले सडक विभागका माहानिर्देशक र सडक डिभिजन कार्यालयलाई अर्को ठेक्का नलाग्दा सडक कसरी सञ्चालन हुन्छ भन्ने खाका पेस गर्नु पर्ने बताए ।

पूर्वाधार विकास समितिका सदस्य ठाकुर गैरले कुनै निर्देशन जारी गर्न वा यति समयमा निर्माण सम्पन्न हुन्छ भनेर विश्वस्त दिलाउन नआएको बताए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend