logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अर्घाखाँचीमा जिप दुर्घटना, एक जनाको मृत्यु 


  • जन आकाश
  • बुधबार, भाद्र २६ २०८१

अर्घाखाँची । अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।



बुधवार गोरुसिङ्गे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँची शितगंगा नगरपालिका–१२ हिले खोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

घाइते ९ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइँदै छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend