जन आकाश
काठमाडौं । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउन सक्नेछन्।
आँउदो चाडपर्वको उप-लक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो। सो योजना अन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकलदेखि कार सम्म पनि पाउन सक्नेछन्।
शनिबार थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो। कम्पनीको अनुसार हरेक बोरामा आकर्षक उपहारहरु राखिएका छन् माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाचका साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले पाउन सक्नेछन्।
साथसाथै केही भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलको खरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्।
ृ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend