जन आकाश
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि “सित्तैमा” लगानी व्यवस्थापन सेवा ( Portfolio Management Services- PMS )उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ ।
देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टिएमएस (TMS) कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने कसरी शेयर कारोबार गर्ने रु भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “सित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको व्यहोरा सम्पूर्ण सरोकारवाला महानुभावहरु समक्ष सहर्ष जानकारी गराउँदछौँ ।
यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जिवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसंगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको छ ।
यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम रु ३ लाख (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सक्नुहुनेछ भने वार्षिक व्यवस्थापन शुल्क ( Annual Management fee – AMF ) का साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्ने “सित्तैमा”(Free) गज्जवको योजना बजारमा ल्याएको छ ।
क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशत सम्म कार्य सम्पादन शुल्क ( Performance fee-
PF) लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क ( Performance fee- PF) लिने बम्पर छुट( Big Discount) को व्यवस्था गरेकोछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend