logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाल पत्रकार महासंघको निर्वाचन सर्‍यो


  • जन आकाश
  • शुक्रबार, भाद्र २८ २०८१

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।



अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएपछि निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ । भोलि (शनिबार) मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend