logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बाल दिवसको उपलक्षमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम


  • जन आकाश
  • सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा किडपावर नेपालको आयोजना र लक्ष्मी सन्राइज बैंकको सौजन्यमा काठमाण्डौ उपत्यकाका तीनैवटा जिल्लाहरुमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दै काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ८, ९ र १० का २०० भन्दा बढी किशोरीहरुलाई सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको थियो ।



तालिम प्रदान गरिएका विद्यालयहरु (क्रमश) गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाण्डौ, श्री सिद्धि मंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए ।

तालिम गत भाद्र २५, २०८१ देखी भाद्र २८, २०८१ सम्म संचालन गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधान अध्यापकहरु, सहायक प्रधान अध्यापकहरु, शिक्षकहरु लगायत लक्ष्मी सन्राइज बैंकका शाखा प्रमुखहरुको उपस्थितीमा उक्त तालिम संचालन गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend