logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने


  • जन आकाश
  • सोमबार, भाद्र ३१ २०८१

ललितपुर । ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ ।



हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ । जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ ।

मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend