logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दसैँका लागि अग्रिम टिकट बुकिङ


  • जन आकाश
  • आइतबार, असोज ६ २०८१

काठमाडौँ । दसैँ सुरु हुन ११ दिनमात्रै बाँकी छ । तर दसैँका लागि टिकट बुकिङ अझै अन्योलमा छ । दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा पटक–पटक छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच सहमति जुट्न सकेको छैन ।



शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र यातायात व्यवसायीबिच भएको छलफल पनि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निष्कर्ष विहीन हुँदै टुङ्गियो ।

सो छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभाग अन्तर्गतका सबै सडकहरू घटस्थापना अघि नै मर्मत संहार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेका छन् । यसकासाथै छिटै टिकट बुकिङ खुला गरिने निर्णय गरिए पनि मिति भने तय हुन नसकेको मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend