logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

झरीका कारण काठमाडौँको जनजीवन प्रभावित


  • जन आकाश
  • शुक्रबार, असोज ११ २०८१

काठमाडौँ । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । झरीका कारण काठमाडौँको जनजीवन समेत प्रभावित भएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।

यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने विभागको भनाई छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend