logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बाढी पहिरो पीडितलाई तत्काल १० लाख सहयोग गर्न माओवादी दक्षिण एसिया समितिको माग


  • जन आकाश
  • बुधबार, असोज १६ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्र दक्षिण एसिया सङ्गठन समितिले बाढी पहिरोबाट विस्थापित प्रत्येक परिवारलाई १० लाख आर्थिक सहयोग प्याकेज दिन माग गरेको छ ।



समितिले बुधवार विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल उद्धार राहत तथा पुर्नस्थापनाका लागि आर्थिक प्याकेज प्रदान गर्न माग गरेको हो । साथै बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल जस्ता भौतिक संरचना मर्मत गरी यातायात सुचारु गर्न आग्रह गरेको छ ।

राष्ट्रिय सङ्कटको घडीमा देशका प्रधानमन्त्री विदेशमा रमाउनु र पीडितहरूको राहत तथा उद्धारमा उदासीन हुनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend