logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दशैंको लागि खसी,बोका काठमाडौं ल्याइयो


  • जन आकाश
  • शनिबार, असोज १९ २०८१

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा दशैंका लागि खसीबोका भित्र्याएको छ ।



कम्पनीले शनिबार थापाथलीमा खसीकोबा झारेको हो । हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी कम्पनीको छ ।

यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्याङ्गा भने ल्याइएको छैन । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्‍ग्रा ल्याउने तयारी कम्पनीको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend