logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बीपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै


  • जन आकाश
  • आइतबार, असोज २० २०८१

धुलिखेल । बाढी पहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।



यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको दिइएको तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले बताए ।

उक्त सडकमा हाललाई हलुका सवारी साधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

बीपी राजमार्गमा फसेका सवारी साधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौँ पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend