logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


  • जन आकाश
  • शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।



केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।

यसैगरी आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी पनि बैठकको एजेण्डामा राखिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend