जन आकाश
काठमाडौँ । मंसिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज वाग्मती र लुम्बिनी प्रदेशका नेतृत्वसँग सोही विषयमा आवश्यक छलफल गर्दै छ ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो ।
समिति सदस्य तथा स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend