जन आकाश
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना गम्बिर घाइते भएकाछन् ।
आइताबार पलाँता गाउँपालिका वडा नम्बर ७ को साडुनेटा भन्ने ठाउँमा जिप दुर्घटना भएको हो । १९ जना यात्रु सवार गरेको जिप सड्कबाट ३०० मिटर तला खसेको र घाइतेलाई तत्काल हेलिकप्टर मार्फत उदार गरिएको बताइएको छ ।
कालिकोट जिल्ला नेपालको यस्तो ठाउँ हो जाहाँ बषौनी जस्तो बाडी पहिरो,बस दुर्घटना जस्ता कालीलाग्दा घटनाका समाचारहरु आइ रहन्छन् । आज सम्मा कालिकोट जिल्लाको कतिपय ठाउँमा बिजुली बक्ति,खानेपानी, सडक पुग्न सकेकोछैन् त्यहाँका नागरिकले कष्टकर जीवन झेल्दै आएकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend