जन आकाश
सुर्खेत। जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर्घटनामा परेको हो ।
जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको उक्त माइक्रो बस कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरूषोत्तम पाण्डेले जानकारी दिए।
उनका अनुसार उक्त गाडीमा ११ जना बच्चा सहित २१ जना सवार रहेका थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ ।
दुर्घटनाका सबै घाइतेहरूको उद्धार गरेर जिल्ला अस्पताल खलंगा पठाइएको डिएसपी पाण्डेले जानकारी दिए । गाडी सडकदेखि २५र३० मिटर तल खसेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend