logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • जन आकाश
  • बुधबार, कार्तिक २८ २०८१

काठमाडौं। काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वर भाटभटेनीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।



बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृतकको अहिलेसम्म नामथर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मंगलबार राति अन्दाजी ४० वर्षीय पुरुष मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend