logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • जन आकाश
  • बिहिबार, कार्तिक २९ २०८१

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।



ठक्करबाट गम्भीर घाइते भएका बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटीको उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार भएका उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार चालककी पत्नी किसानुमाया नगरकोटी घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend