logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ठगी गरेको आरोपमा ३ जना पक्राउ


  • जन आकाश
  • शुक्रबार, कार्तिक ३० २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला, चितवन भरतपुर महानगरपालिका–१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीया शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका–४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् ।

पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend