जन आकाश
काठमाडौं। गोकुलगंगा गाउँपालिका वडा नं. २, चोरपातल निवासी एमपालि शेर्पाका छोरा बर्ष ३५ गम्बु शेर्पा अचानक आगोमा परी गम्भीर घाइते भएका छन्। उनको दुबै खुट्टा जलेर कार्यशील नहुने अवस्थामा पुगेको छ।
हाल, उनको उपचार काठमाडौंको किर्तिपुर अस्पतालमा भइरहेको छ। चिकित्सकहरूको भनाइ अनुसार, शेर्पाका दुबै खुट्टा काम नलाग्ने र अप्रेसन गनु्पर्ने अवस्था आएको छ । यसका लागि झण्डै ५ देखि ६ लाख रुपैयाँको खर्च लाग्ने चिकित्साहरुको भनाइछ । तर, पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको छ।
परिवारको आर्थिक अवस्था निकै कम्जोर भएको र सबै रकम उपचारमा सकिसकेको हुनाले बिरामी बचाउनाको लागि सयोगी मनहरुले सकेको सयोग गरिदिनु हुन् पिडित परिवारले हार्दिक अनुरोध गरेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend