logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता,कार्यकर्ता प्रदर्शनमा


  • जन आकाश
  • मंगलबार, मंसिर ११ २०८१

काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।



माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका हो ।

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् ।

लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ । सोमबार पार्टी सभापतिले पठाएको भनि रास्वपाले प्रसारित गरेको सन्देशमा शान्तिपूर्ण ढंगले समेत आन्दोलन नगर्न सभापतिले भनेको उल्लेख गरिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend