logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या बढ्यो


  • जन आकाश
  • सोमबार, मंसिर १७ २०८१

काठमाडौँ ।  टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघेको छ । एक साताको अवधिमा ६ हजार ९२८ जनाले स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।



हाल दैनिक औसत १२०० जनाको सङ्ख्यामा स–शुल्क टिकट लिएर धरहरा चढ्ने गरेको राईको भनाई छ । सरकारले मङ्सिर १० गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।

हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेकाले भौतिक रूपमा उपस्थित भई टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ । केही दिनमा अनलाइन टिकटको व्यवस्था सञ्चालनमा ल्याउने राईले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend