जन आकाश
काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली शिलशिला आचार्य पनि परेकी छन्
बीबीसीले सन् २०२४ को सोमबार प्रकाशित १०० प्रभावशाली महिलाको सूचीमा अटाएकी उनी लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्यायको क्षेत्रमा योगदान पुर्याउँदै आएकी छन् ।
हाल अभ्नि सेन्टर फर सस्टेन्एबिलिटीकी निर्देशक रहेकी उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन्
प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्वपूर्ण भूमिका खेलेकी बीबीसीले उल्लेख गरेको छ । उद्यमशीलतालाई वातावरणीय न्यायसँग जोड्नुपर्नेमा जोड दिने उनले काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन्
वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको कम्पनी ग्रामीण र शहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ।उनी जलवायु परिवर्तनका मुद्दालाई समावेशी बनाउन ग्रामीण क्षेत्रका अनुभवलाई नीति र व्यवहारमा जोड्ने प्रयासमा छिन्।
शिलशिलाको यो सफलताले नेपाली महिलाको वातावरणीय अभियानलाई विश्वव्यापी मान्यता दिलाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend