logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बयानका लागि रवि लामिछाने चितवनको सरकारी वकिल कार्यालयमा


  • जन आकाश
  • मंगलबार, मंसिर १८ २०८१

काठमाडौं । पूर्व गृहमन्त्री तथा चितवन (२) का सांसदसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा का केन्द्रीय सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि प्रहरीले मंगलबार  चितवन जिल्ला न्यायाधिवक्ताको सरकारी वकिल को कार्यालयमा उपस्थित गराएको छ ।



लामिछानेलाई आज बिहान काठमाडौंबाट चितवनको भरतपुर ल्याइएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा लामिछानेमाथि छानबिन सुरू भएको हो । सहकारी बचत अपचलनको उजुरीमा कास्की प्रहरीले पक्राउ गरेको लामिछानेमाथि कास्कीसहित रूपन्देही र काठमाडौंमा पनि अनुसन्धान र बयान भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend