जन आकाश
काठमाडौं । दैलेख प्रहरीले सुर्खेतमा राउटे युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखका टोपेन्द्र शाही रहेका छन् उनलाई कर्णाली राजमार्गबाट पक्राउ गरिएको हो।
सामाजिक सञ्जालमा राउटे युवतीहरूमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
सुर्खेत फिरन्ते राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा दैलेख प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका ३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक गणेश बरालले बताए ।
शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको उनको भनाइ छ । ‘हामीले सुर्खेत प्रहरीको अनुरोधमा पक्राउ गरेको हो,’ उनले भने, ‘हामीले सुर्खेत पठाइदिएका छौँ,
घटना पनि सुर्खेतकै हो । चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो ।
लगत्तै प्रहरीले उनीहरूको खोजी कार्य थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुुढाथापाले बताए ।
‘भिडियोमा दुर्व्यवहार नै गरेको देखिन्छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend