जन आकाश
काठमाडौं । यहि मितिः २०८३ कार्तिक ९ गते सोमबारवाट शुरु भएको नेपाल प्रिमियर लिग तेस्रो प्रतियोगितामा राष्ट्रिय आठ टोलीले भाग लिएका छन् । काठमाडौ गोर्खाज, विराटनगर रोयल्स, कर्णाली याक्स, जनकपुर बोल्डस, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स,चितवन राइनोज, पोखरा एभेन्जरर्स यि आठवटा टिममा राष्ट्रिय क्रिकेट खेलाडी तथा अन्तराष्ट्रिस्तरका खेलाडी समेत सहभागी छन् । अहिलेसम्म निक्कै रोमाञ्चक भईरहेको खेलमा किर्तिपुर क्रिकेट रंगशालामा झण्डै लाखौ दर्शक उपस्थिति भएर प्रत्यक्ष खेल हेरिरहेका छन् ।
दर्शकले किनेको टिकटवाट मात्रै पनि आयोजकले अरबौ रुपैया जुटाउन सफल भएको छ भने नेपालको एनपीएललाई आईसिसिले अन्तराष्ट्रिय मान्यता समेत दिएको छ । नेपालको खेलकुदमा क्रिकेटले लय लिदै नेपाल देशको उच्च सम्मान बढाएर लगेको छ ।
नेपाल पर्यटनको पनि देश भएको हुनाले जस्तै गौतमबुद्धको जन्मभूमि लुम्बिनी, पशुपति क्षेत्र काठमाडौ । सगरमाथाको क्षेत्र सोलुखुम्बु जस्ता पाहाडी जिल्लाहरु जनकपुर जस्तै प्रख्यात भएका तराईका जिल्लाहरु नेपाललाई खेलकुद पर्यटनसँग जोड्न सकेको खण्डमा नेपालले खेलकुद पर्यटनवाट समेत देशको अर्थतन्त्र फराकिलो बनाउन सक्छ । नेपालका फराकिला चउर अर्थात (ग्राउण्ड) नेपालका हिमाल देखिने क्षेत्रमा धेरै छन् । ति ग्राउण्डहरुलाई अन्तराष्ट्रियस्तरका क्रिकेट, फुटबल, अन्य खेलका प्रतियोगिताहरु आयोजना गर्नेगरी योजना बनाएर निकट भविष्यमा नेपालले खेलकुद पर्यटनवाट पनि मनग्य आम्दानी लिन सक्ने गरी कार्यक्रम बनाउदा लक्ष्य हाशिल गर्न सक्ने देखिन्छ ।
जुनसुकै देशहरुमा कुनै एउटा विषयमा सरकारले नीति तय गरेर दिर्धकालीन योजना बनाउछन् र त्यो योजनालाई कार्यन्वयनका लागि सवै खालका स्रोत साधन बुद्धि लगाएर काम गर्छन् । त्यस्तै नेपालले पनि खेलकुद विकासको लागि योजना बनाएर नेपालका ठुला छिमेकी राष्ट्रहरु भारत र चिनको अनुभवहरु पनि लिएर नेपालले अन्तराष्ट्रियस्तरका खेलकुद नेपालमा हुने प्रतिकुल मौषम जेठ, असार र साउन वाहेक अन्य महिनाहरुमा सधै प्रतियोगिताको आयोजना गरेर खेलकुद पर्यटनको विस्तार योजना बनाउन सकिन्छ ।
तेस्रो सस्करणको नेपाल प्रिमियर लिगमा सहभागी अन्तराष्ट्रियस्तरका खेलाडीहरुसँग नेपाली खेलाडीहरुको प्रतिस्पर्धामा नेपाली खेलाप्रेमीहरुले देखाएको उत्साह, हौशलाले नेपालका नेपालीहरु खेलकुदमा अग्रसर छन् भन्ने देखाउछ ।
यि आधारहरु हेर्दा नेपालमा खेलकुद पर्यटनको विकासको सम्भावना प्रचुर रहेको देखिन्छ । यिनै आधारमा भन्न सकिन्छ । नेपालमा खेलकुद मार्फत पर्यटन विकास सम्भावना छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend