logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु, एक घाइते


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् ।

उनका अनुसार घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend